न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता


 


काठमाडौं, वैशाख २६ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८, मोरङ्गस्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.ले विशेष छुट प्रदान गर्ने भएको छ ।

हस्पिटलका अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकटबाहेक सिटिस्क्यान, न्यूरो सर्जरी, न्यूरो आईसियू, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुति तथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थलगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

एक समारोहका बिच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.का संचालन निर्देशक राजेश भट्टराईर प्रभु बैंक लि. गोल्छाचोक, शाखा प्रमूख प्रशान्तकुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभयो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्घारा न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.लाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.ले निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचारदेखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.मा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयर होल्डरलाई १०∞ र प्रभु बैंकका कर्मचारीहरुलाई १५∞ सम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखाका र्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्