वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत


 



काठमाडौँ, २८ वैशाख । साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउन्डेसनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमबीच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरियो । सात दशकदेखि साहित्य सिर्जनारत लोहनीलाई कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिएको फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले जानकारी दिनुभयो ।

यस्तै, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि क्रियाशील रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । यी दुबै पुरस्कारको राशि रु एक/एक लाख रहेको छ ।

त्यसैगरी कथा र कविताका माध्यमबाट नेपाली साहित्यको संवद्र्धनमा योगदान गरेको भन्दै श्रीमती अनिता तुलाधरलाई रु ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा गिरीको पूर्णकदको सालिकमा प्रा पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो । डा गिरीको विसं २०७८ जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।

इन्दिरा प्रसाईंको सभापतित्वमा भएको सो समारोहमा प्रा लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसार्इंले साहित्यकार स्व गिरीको कृतित्व तथा व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्