विराटनगरमा उत्कृष्ट व्यवस्थापन सहित फेसन डिजाइनिङको पढाइ


 


विराटनगर, १२ जेठ । होटल र हस्पिटालिटी म्यानेजमेन्टमा कोशी प्रदेशकै उत्कृष्ट प्लस टु विराटनगरको विभिएसले यस पटकदेखि फेसन डिजाइनिङ र व्यवस्थापन (कमर्स) पनि सञ्चालन गर्ने भएको छ ।

विराटनगरमा रहेर एउटै क्षेत्रमा विभिन्न विकल्प सहितका विषयहरू अध्यापन गराउँदै आएको विभिएसले होटल म्यानेजमेन्टसँगै हस्पिटालिटी म्यानेजमेन्ट र कलिनरी आर्टस् पढाउँदै आएको थियो । विभिएसले छात्र–छात्राहरूलाई विभिन्न विकल्प सहित फेसनको उदाउँदो दुनियाँमा व्यावसायिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो शैक्षित्रसत्र २०८१ देखि फेसन डिजाइनिङ तथा कर्मसका विषयका पठनपाठनलाई उत्कृष्ट, प्रभावकारीसाथै र प्रयोगात्मक र व्यवहारिक बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजका कार्यक्रम निर्देशक दिपेन भट्टराईले बताउनुभयो । कलेजले व्यवसायीक विषयका रूपमा फेसन डिजाइनिङ ल्याएको र अन्य डिप्लोमा संस्था, बुटिक, र फेसन कार्यक्रम व्यवस्थापन टोलीसहितको विभिन्न साझेदारहरूसँग सहकार्य सहित यसलाई व्यवस्थित बनाइएको उहाँले जानकारी दिनुभयो ।

फेसन डिजाइनिङ र व्यवस्थापन (कमर्स)को व्यवस्थापनका लागि कलेजले दिपेन भट्टराईलाई कार्यक्रम निर्देशक नियुक्त गरेको छ । संस्थाको संस्थापक प्राचार्य र अध्यक्षको रूपमा कार्य गरिसक्नुभएका भट्टराईलाई कलेजले नयाँ भूमिकामा भिœयाएको हो । त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट आफ्नो एम.फिल÷पिएचडी पूरा गर्दै गरेका भट्टराईले विभिएसलाई शैक्षिक उत्कृष्टता र नयाँ उचाइमा पु¥याउँने बिश्वास गरिएको छ ।

एक दशकदेखि होटल व्यवस्थापनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा दिदै आएको विभिएसले उत्पादन गरेका जनशक्ति देशका विभिन्न तारे होटलदेखि पर्यटकीय गन्तव्यका रेष्टुरेन्टमा काम गरिरहेका छन् । भने उच्चशिक्षाका लागि अष्ट्रेलिया, जापान, वेलायत, अमेरिका जस्ता देशमा पुगेका विद्यार्थीहरू अध्ययनसँगै काम पनि गरिरहेका छन् ।

प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्