ग्रेडेड स्कुलमा दीक्षान्त समारोह


 


विराटनगर । विराटनगर ८ हाटखोलामा अवस्थित ग्रेडेड स्कुलले दीक्षान्त समारोह आयोजना गरेको छ ।

प्राथमिक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै दीक्षान्त समारोह आयोजना गरेको हो । विद्यार्थीका अभिभावकले आफ्ना आफ्ना नानीबाबुहरू दीक्षित भएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा वार्षिक परीक्षा कक्षा २ देखि ८ को प्राथमिक कक्षाको प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको विद्यालयका इन्चार्ज विपिन यादवले जानकारी गराए ।

दिक्षित हुने विद्यार्थीलाई विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले दिक्षित गरे ।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्