यस्ताे भयाे भाेजपुरकाे स्थानीय तह पुर्नसंरचना, कुन गाविस कुन गाउँपालिकामा, केन्द्र कहाँ ?


 


काठमाडाैं, पुस २६

स्थानीय निकायकाे पुर्नसंरचनामा भाेजपुर २ नगरपालिका र ७ वटा गाउँपालिकामा रहने टुंगाे लागेकाे छ । स्थानीय निकाय पुर्नसंरचना अायाेगले सरकारलार्इ बुझाएकाे प्रतिवेदन अनुसार भाेजपुरकाे याे संख्या टुंगाे लागेकाे हाे ।

जस अन्तर्गत अहिले भएका दुर्इ नगरपालिका भाेजपुर र षडानन्द कायमै छ भने अन्य बाँकी गाविसलार्इ मिलाएर ७ गाउँपालिका बनेका हुन् ।
अब गाविस वडामा विभाजित हुने भएका छन् ।

कुन गाविस कुन गाउँपालिकामा ?

दोभाने, खाटाम्मा, चौकिडाडा र कुलुङ गाविस साल्पा सिलाेछाे गाउँपालिकामा रहने छन् ।

कुदाककाउले, नेपालेडाडा, केउरेनीपानी, मुलपानी, तुङ्गेछा किमालुङ्ग, खार्ताम्छा, साङ्गपाङ्ग, देउराली र वोया गाविस षडानन्द नगरपालिकामा रहने छन् । यसअघि केउरेनीपानी, मुलपानी, तुंगेछा, किमालुङ र खार्ताम्छा गाविस नगरपालिकामा थिए ।

चम्पे, याङ्गपाङ्ग, प्याउली, चरम्वी, जरायोटार र याकु गाविस अरुण गाउँपालिकामा रहने छन् ।

श्यामशिला, तिवारीभञ्ज्याङ्ग, च्याङ्ग्रे,सानोदुम्मा, ठूलोदुम्मा र वास्तिम गाविस पौवादुम्मा गाउँपालिकामा रहनेछन् ।

भोजपुर नगरपालिका, हेलौछा, आम्तेक, सिद्धेश्वर र गुप्तेश्वर गाविस भोजपुर नगरपालिकामा रहनेछन् ।

तिम्मा, छिनामखु अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क ट्याम्केमैयुङ गाउँपालिकामा रहने छन् ।

दलगाउ, भूल्के, ओख्रे, धोद्लेखानी मानेभञ्ज्याङ्ग, वैकुण्ठे र वासिखोरा रामप्रसाद गाउँपालिकामा रहने सिफारिस गरिएकाे छ ।

यूँ, वासिङ्गथपु थिदिखा, पावला बालांखा, पांचा, दुम्माना र देवानटार आमचोक गाउँपालिकामा रहने भएका छन् ।

रानीवास, होम्ताङ्ग, सिन्द्राङ्ग, खैराङ्ग, पात्लेपानी र हसनपुर गाविस हतुवागढी गाउँपालिकामा रहने टुंगाे लागेकाे हाे ।

गाउँपालिकाकाे केन्द्र कहाँ ?

साल्पा सिलाेछाे गाउँपालिकाकाे केन्द्र चाैंकीडाँडा पखुमटार/तिनतामा मा रहने छ ।

षडानन्द नगरपालिकाकाे केन्द्र साविककै ठाउँमा रहने छ ।

अरुण गाउँपालिकाकाे केन्द्र  प्याउलीमा रहने छ ।

पौवादुम्मा गाउँपालिकाकाे केन्द्र च्यांग्रेमा रहने छ ।

भोजपुर नगरपालिका, हेलौछा, आम्तेक, सिद्धेश्वर र गुप्तेश्वर गाविस भोजपुर नगरपालिकामा रहनेछन् यसकाे केन्द्र साविककै नगरपालिकामा रहने छ ।

ट्याम्केमैयुङ गाउँपालिकाकाे केन्द्र अन्नपूर्णमा रहने छ ।

रामप्रसाद रार्इ गाउँपालिकाकाे केन्द्र बैकुण्ठेमा रहने छ ।

आमचोक गाउँपालिकाकाे केन्द्र बालंखा रहने छ ।

हतुवागढी गाउँपालिकाकाे केन्द्र घाेरेटार रहने छ ।

कुन जिल्लामा कति गाउँ र नगरपालिका ?

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्