थुनिएको बागमती बग्न थाल्यो


 


bagmatiकाठमाडौं, असार ४

शान्तिनगर पुलभन्दा उत्तरपट्टिको करिडोरमा थुनिएको बागमती नदीको पानी बग्न थालेको छ। बिहीबार शान्तिनगर नजिक रुखका हाँगा र घाँस काटेर बागमतीमा फालिदिएका कारण नदी थुनिएको हो। स्थानीयबासीका अनुसार हिजोदेखि पक्की पुल मर्मत र पुल बिस्तारका लागि बनाइएको डाइभर्सनमा घाँस र रुखको हाँगा आएर अड्किएका कारण नदी थुनिएको हो।

बागमती नदी थुनिँदा तीनकुनेबासी त्रसित भएका थिए। ‘बिहानैदेखि सुरक्षाकर्मीले क्लियर गर्ने प्रयास गरेको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी सहायक निरीक्षक देवराज निरौलाले जानकारी दिए। अहिले बिस्तारै पानी बग्न थालेको उनले बताए।

रातिदेखि थुनिएको बागमती अहिले केही बग्न थालेको उनले जानकारी दिए।

nagariknews

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्