पहाडका बासिन्दाले धेरै खाने गरेको तथ्यांक सार्वजनिक


 


 khanaकाठमाडौं, असार ४

कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै खाद्यान्न पहाडी क्षेत्रका बासिन्दाले उपभोग गर्ने गर्छन ।

त्यस क्षेत्रका बासिन्दाले वर्षमा दुई सय एक किलो खाद्यान्न प्रयोग गर्ने मन्त्रालयले जनाएको छ ।

तराईका बासिन्दाले वर्षभरमा एक सय ९१ किलो र सबैभन्दा कम हिमाली क्षेत्रमा बासिन्दाले वर्षमा एक सय ८१ किलो खाद्यान्न उपभोग गर्ने मन्त्रालयको तथ्यांक छ ।

पहाडी क्षेत्रका बासिन्दाले तुलनात्मक रुपमा शारीरिक परिश्रम धेरै गर्नुपर्ने तथा उकाली ओराली धेरै गर्नुपर्ने भएकाले बढी खाद्यान्न उपभोग हुने मन्त्रालयको अनुमान रहेको छ ।

नयाँ पत्रिका

प्रकाशित मिति: ४ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्