पूर्वमा झुल्किए असमिया गायक


 


इटहरी, माघ ८

सुनसरीको इटहरीमा भारतको पूर्वोत्तर राज्य असमका गायक लोहित गगोईको एकल साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । सङ्गीत साधना प्रतिष्ठान, नेपालले शनिबार आयोजना गरेको ‘साँस्कृतिक अन्तरघुलन’मा गायक लोहित गगोईको एकल प्रस्तुति रहेको थियो । असमका जनगायक गगोईलाई सम्मान स्वरूप नेपाली टोपी अर्पण गरिएको थियो ।

कार्यक्रममा उनले कबिर एक दर्जन गीत प्रस्तुत गरेका थिए ।

असममै जन्मिएका भारत वर्षका प्रख्यात गायक भूपेन हजारिकाका गीतहरूलाई नेपाली, असमिया बंगाली भाषामा गाएर श्रोतालाई मन्त्रमुग्ध बानाउन सफल उनले कार्यक्रममा ‘मुटु ढुकढुक ग¥यो, ए आमा कसले निन्द्रा ह¥यो’, ‘मानिस मानिसकै लागि’, ‘बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि’, ‘काठमाडाँै सहर हेर्ने रहर बल्ल पूरा भा, नेपाली माया, बोली र वचन मुटुमा बसिगो’, ‘नेपालबासी तपाईलाई सलाम, मायाको चिनो लिएर आको हाम्रो देश आसाम’, ‘आमा कसरी पुगाँै म तिम्रो चरण कमलमा’, ‘बादल गुडगुडायो’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।

हालै नेपाली गीत रेकर्डका लागि काठमाडौँ आएका गोगई राजधानीका विभिन्न संस्थाहरुबाट सम्मानित भइसकेका छन् ।

लोकगायक एलपी जोशीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उनले नेपाल र भारतमा रहेका नेपाली भाषीप्रति भावानात्मक सम्बन्ध प्रगाढ पार्नका लागि सक्दो काम गर्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं प्राज्ञ राम धामीले गीत–सङ्गीतका माध्यमबाट दुई देशलाई सशक्त सेतु बनेको बताए ।

प्रकाशित मिति: ९ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्