प्रजनन उपचारका लागि इन्दिरा आईभीएफ नेपालले पायो (क्युएआइ) को मान्यता
काठमाडौँ २३ भदौ । इन्दिरा आईभीएफ नेपाल आफ्नो असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सेवाहरूका लागि क्वालिटी एण्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्युएआइ)बाट प्रतिष्ठित मान्यता प्राप्त गर्ने देशको पहिलो आईभीएफ क्लिनिक बनेको छ।
यस ऐतिहासिक उपलब्धिले प्रजनन उपचारको क्षेत्रमा नयाँ बेन्चमार्क तय गर्दै नैतिक एवम् पारदर्शी प्रक्रियाहरूप्रति इन्दिरा आईभीएफको प्रतिबद्धतालाई बलियो बनाउने आइभिएफले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने गरी उपचार सेवा उपलब्ध गराउने इन्दिरा आईभीएफ नेपालको समर्पणको प्रमाण स्वरूप प्रमाणीकरण प्राप्त भएको र यसले क्लिनिकको सफलता दरलाई बलियो बनाई उन्नत प्रजनन उपचारहरू प्रदान गर्ने प्रतिबद्धतालाई बलियो बनाएको छ । बिरामीहरूको लागि यो मान्यता सुरक्षित, भरपर्दो र उन्नत प्रजनन उपचारको ग्यारेन्टी हो भने यसले इन्दिरा आईभीएफ नेपालमा उच्चस्तरको स्वास्थ्य सेवा प्राप्त हुन्छ भन्ने समेत सुनिश्चित गर्दछ।
यस उपलब्धिका बारेमा टिप्पणी गर्दै इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईँले भन्नुभयो, “इन्दिरा आईभीएफ नेपालमा हामीले सधैं निजिकृत दृष्टिकोणको साथमा उच्चस्तरीय उपचार सेवालाई प्राथमिकता दिएका छौं। हाम्रो ढोकाबाट प्रवेश गर्ने हरेक बिरामीले आफ्नो विशिष्ट आवश्यकता अनुरूप केयरको अपेक्षा गर्न सक्छन्। बढ्दो जवाफदेहिता र विकसित नीतिहरूसँगै नेपालमा प्रजनन उपचारमा महत्त्वपूर्ण परिवर्तनहरू भइरहेका छन्। प्रजनन उपचारका लागि इन्दिरा आईभीएफ नेपालले पायो (क्युएआइ) को मान्यता को कठोर मापदण्डहरू पूरा गर्ने हाम्रो प्रयासले हामीलाई हाम्रा बिरामीहरूलाई इथिकल र पेसेन्ट(फर्स्ट शैलीमा उपचार गर्न सक्नेगरी सशक्त बनाएको छ।”
क्वालिटी एण्ड एक्रिडिटेसन इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. बीके राणाले भने, “भारतको प्रख्यात र सबैभन्दा ठूलो आईभीएफ हस्पिटल चेन इन्दिरा आईभीएफले भर्खरै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ र अहिले यो नयाँ केन्द्र नेपालकै पहिलो भएको छ। यस मान्यताले उत्कृष्ट प्रजनन उपचारको लागि आफ्नो प्रतिबद्धता स्थापित गर्न अग्रसर इन्दिरा आईभीएफको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो। हामीलाई साइटमा पुगेर मूल्याङ्कन गर्ने क्रममा वहाँहरूले पुर्याउनु भएको सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
प्रकाशित मिति: २३ भाद्र २०८१, आइतबार