‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ विमोचन


 


काठमाडौँ ६ माघ । यशोधरा मावि टक्सारका पूर्व प्रधानाध्यापक गणेश बज्राचार्यद्वारा लेखन तथा सम्पादन गरिएको पुस्तक ‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन गरिएको छ ।

माघ ६ गते पिङगलास्थान गौशालामा एक समारोहका बिच पुस्तकको विमोचन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि गीतकार एवम् पूर्व सचिव शंकरप्रसाद कोइरालाले पुस्तकमा समेटिएका सामग्रीले इतिहासमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता र पाठकहरूका लागि ‘आँखीझ्याल’ को काम गर्ने बताउनुभयो ।

कार्यक्रममा इतिहासकार दिनेशराज पन्त, कवि श्याम तमोट, पूर्व प्रधानाध्यापक चन्द्र उदास र इतिहासकार नृसिंह खत्रीले पुस्तकको महत्त्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभयो।

वक्ताहरूले यो पुस्तकले भोजपुरको खिकामाछा टक्सारको ऐतिहासिक र सांस्कृतिक पक्ष उजागर गर्दै ऐतिहासिक अध्ययनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

यशोधरा मावि टक्सारका पूर्व प्रधानाध्यापक बज्राचार्यको संयोजनमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले पुस्तकले ऐतिहासिक दस्ताबेजका रूपमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्