कवि गिरीको ‘समय संवाद’



दाङ, फागुन १४

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् काव्यविभाग प्रमुख डा. अमर गिरीको पछिल्लो कृति ‘समय संवाद’ बजारमा आएको छ । गिरीको गृह जिल्ला दाङमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले सो कृतिको विमोचन गरे ।

उनले भने ‘कवि गिरीका कविता आफ्नो समयसँग गम्भीररुपमा जोडिएका छन्, समकालीन यथार्थलाई कलात्मक अभिव्यक्ति दिनु उनको विशेषता हो ।’

गिरीको कृतिमाथि नारायण नेपालले समीक्षा गरे । नेपालको कथन थियो– ‘गिरीका कवितामा राजनीतिक विकृति र विसंगतिप्रति तिखो टिप्पणी पाइन्छ ।’ कवि यज्ञबहादुर डाँगीले उनका कवितामा समकालीन चेतनाले गहिरो अभिव्यक्ति पाएको उल्लेख गरे ।

कवि शरद देवकोटाको भनाइ थियो– ‘उनका कवितामा मानवीय संवेदना एवं अनुभूतिको सशक्त अभिव्यक्ति पाएको छ ।’ आफ्नो चार दशक लामो काव्ययात्राबारे बोल्दै कवि गिरीले आफ्ना कविताहरु आफू बाँचेको समयसँगका संवाद् भएको बताए । उनले भने, ‘आफूले बाँचेको समयलाई मैले काव्यात्मक अभिव्यक्ति दिएको छु ।’

‘समय संवाद’भित्र उनका ‘घाम छेक्ने पहाड’ (२०५५), ‘तर पनि हामी जिवित छौं’ (२०६१), ‘दुसाध्य समय’ (२०६४), ‘शब्दहरुको बीचमा’ (२०७१) कविताकृतिबाट लिइएका ६७ वटा प्रतिनिधिमूलक कविता समावेश छन्.। कृति कौशिकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News