खो खो विश्वकप फाइनलमा नेपालका दुवै टोली पराजित



काठमाडौं, माघ ७ । पहिलोपटक आयोजना भएको खो खो विश्वकपको फाइनलमा नेपालका महिला र पुरुषका दुवै टोली भारतसँग पारजित भएका छन् ।

आइतबार घरेलु टोलीसँगको फाइनल भिडन्तमा पराजित भएपछि नेपालका टोली उपविजेतामा सीमित बनेका हुन् ।

महिलातर्फ नेपाल भारतसँग ७८–४० अंकले पराजित भयो । नेपालले यसअघि सेमिफाइनलमा युगान्डालाई पराजित गरेको थियो।

विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए । जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम आठमा पुगेको थियो । नेपालले क्वार्टरफाइनलमा इरानलाई हराएको थियो।

नेपाल पुरुषतर्फको उपाधि भिडन्तमा भारतसँग ५४–३६ अंकले पराजित भयो । २० टिम सहभागी पुरुषतर्फ नेपाल समूह ‘ए’ मा उपविजेता बन्यो।

अन्तिम आठमा नेपालले बंगलादेश र सेमिफाइनलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्