स्कटल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
टस जितेर नेपालकी कप्तान पुजा महतोले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।
नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । आजको खेल जित्दै सुपर सिक्स सम्भावना बलियो बनाउन चाहनेछ ।
नेपालले आज दुई परिवर्तन गरेको छ । सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टिममा आएका छन् ।
प्रकाशित मिति: ७ माघ २०८१, सोमबार
















