फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा
काठमाडौँ, १७ माघ । ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा हुने भएको छ ।
काठमाडौँ मोेडेल कलेज ९केएमसी० ले आयोजना गरेको आठौँ वार्षिकोत्सव समारोहमा आगामी फागुन १७ मा अवार्ड कार्यक्रम हुने जानकारी दिइएको हो ।
शैक्षिक क्षेत्रमा आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको छ ।
फेयर मिडियाले अवार्डका लागि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थालाई नाम दर्ता आव्हान गरेको छ ।
मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइँटेलले शिक्षा क्षेत्रमा योगदान पु¥याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति र संस्थालाई अवार्ड प्रदान गरिने जानकारी दिनुभयो ।
(((
प्रकाशित मिति: १७ माघ २०८१, बिहिबार
















