महिला त्रिकोणात्मक टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्डस भिड्दै
काठमाडौँ, माघ २० । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।
खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आज आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।
शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
प्रकाशित मिति: २० माघ २०८१, आइतबार
















