महिला टी–२० : अंकविहीन नेपाल आज थाइल्याण्डसँग भिड्दै


 


काठमाडौं, माघ २२ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाअन्तर्गत आज नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डसँग खेल्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । लगातार तेस्रो हार व्यहोरेर अंकबिहीन रहेको नेपाल प्रतियोगितामा पहिलो जीत निकाल्न चाहन्छ ।

शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्