महिला टी–२० : नेपाल आज नेदरल्यान्ड्ससंग खेल्दै


 


काठमाडौं, माघ २३ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो ।

नेपाल यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको थियो ।

थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल अङ्कविहीन हुँदै पुच्छारमा छ ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्