ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु


 


लहान, असार ८

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। भने मोटरसाइकल चालक घाइते भएका छन्।

हिजो साँझ स४प ७८९० नम्बरको मोटरसाइकललाई स१त २०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सिरहाको थलाहाकट्टी गाविस–१ निवासी ५० वर्षीया कारिदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो।

ट्र्याक्टरको ठक्करबाट मृतककी २५ वर्षीय छोरा इन्द्रदेव यादव घाइते भएको र निजको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ।
घटनापछि फरार ट्र्याक्टर चालकको खोजी भइरहेको छ। रासस

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्