महिला टी–२० क्रिकेट शृंखला : नेपाल आज हङकङसँग भिड्दै



काठमाडौँ, फागुन २६ । चार देशीय महिला क्रिकेट शृंखलामा नेपालले आज हङकङसँग खेल्दैछ ।

खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल दिउँसो २ बजे सुरु हुनेछ । नेपालले आइतबार युगान्डालाई एक विकेटले पराजित गरेको थियो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। यसअघि नेपाल नामिबियासँग ६ विकेटले पराजित बनेको थियो।

जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि शनिबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । चार देश सम्मिलित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलका लागि भिड्ने छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्