देशभर २ सय २१ विद्यालयको नतिजा शून्य


 


काठमाडौं, असार ९

गत शुक्रबार प्रकाशति एसएलसी नतिजा अनुसार यस वर्ष २ सय २१ विद्यालयको नतिजा शून्य छ । यसमा २६ वटा निजी विद्यालय समेत छन् । काठमाडौं उपत्यकाका आठ वटा विद्यालयको नतिजा शून्य छ ।

यसमा काठमाडौंको एउटा सामुदायिक विद्यायल पनि छ ।

खोटाङमा १४ वटा सामुदायिक विद्यालयको नतिजा शुन्य छ । भोजपुरमा १२ वटा सामुदायिक विद्यालय निल भएका छन् ।

सुर्खेत र बाँकेमा पनि नौ/नौ वटा सामुदायिक विद्यालयको नतिजा शून्य छ । दैलेखमा पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य छ ।

 भक्तपुुरमा चार, काठमाडौं २, ललितपुरमा २ वटा स्कूल निल भएको छ ।

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्