एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँग २–० ले पराजित
काठमाडौं । एएफसी एसियन कप छनोटको अन्तिम चरण अन्तर्गत भएको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको छ ।
मलेसियाले पहिलो र दोस्रो हाफमा समना १–१ गोल गर्दै तीन अङ्क निश्चित गरेको थियो ।
खेल अवधिभर मलेसियाले पूर्ण दबाबमा राखेको नेपाल विरुद्ध खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो ।
उसका लागि हेक्टर हेभलले गोल गर्दै टिमलाई अग्रता दिलाए। सुल्ताइन इब्राहिम स्टेडियममा हेक्टरले आफ्नो डेब्यु खेलमै गोल गरेका हुन् ।
पहिलो हाफमा पूर्ण दबाबमा खेलेको नेपालविरुद्ध मलेसियाले दोस्रो हाफमा पनि सोहि लय कायम राख्यो। उसका लागि ७० औं मिनेटमा लाभेरी कोर्विनले अग्रता दोब्बर बनाए ।
उनले फ्रिकीक बलमा अरिफ अमिन हनापीको आकर्षक क्रसलाई गोलमा परिणत गरेका थिए । यो सँगै मलेसियाले समूहमा महत्वपूर्ण तीन अङ्क प्राप्त गरेको छ ।
समूहमा मलेसिया सहित नेपाल, भियतनामा र लाओस रहेका छन्। होम एण्ड अवे खेलपछि शीर्ष स्थानमा रहने एक टिमले एसियन कपमा स्थान बनाउने छ ।
प्रकाशित मिति: १२ चैत्र २०८१, बुधबार
















