हङकङ सिरिज : कतारसँग टस जितेर पहिलो बलिङ गर्दै नेपाल
काठमाडौं, चैत २७ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा आज नेपालले कतारसँग खेल्दैछ ।
अहिले नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले कतारसँग टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल र हङकङसहित कतार र कुवेत पनि सहभागी रहेको यो सिरिज अप्रिल ९ देखि सुरु हुनेछ ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















