एकीकृत समाजवादीको आन्दोलन कार्यतालिका परिमार्जन



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रमको तालिका परिवर्तन गरेको छ।

एकीकृत समाजवादीले तल्लो कमिटीलाई परिपत्र गर्दै आन्दोलनको कार्यतालिका परिवर्तन गरेको हो ।

यही चैत १ गतेदेखि घोषणा गरिएको आन्दोलनको कार्यतालिका परिमार्जन गरिएको महासचिव घनश्याम भूसालले बताए।

नयाँ कार्यतालिका अनुसार अब २०८१ वैशाख १० गते संघीय सरकारमा मागपत्र पेस गर्ने, १४ गते प्रदेश सरका र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने कार्यक्रम रहेको छ ।

वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र २५ गते दोस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ ।

चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूले उद्दण्डता प्रस्तुत गरेको र एकीकृत समाजवादीको कार्यालयसमेत आगो लगाएका कारण आन्दोलनको कार्यतालिका संशोधन गर्नुपरेको एकीकृत समाजवादीले जानकारी दिएको छ।

प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्