‘यामाहा ब्लू फेस्ट’ चैत २८ देखि सुरु हुँदै
काठमाडौं २७ चैत । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज ईभेन्ट्स ूयामाहा ब्लू फेस्टू मा चैत्र २८ देखि वैशाख ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ ।
एक सातासम्म जारी रहने यो कार्यक्रमले बाइक एक्सचेन्ज मात्र नभई यामाहाबारे मानिसले अनुभूति गर्ने र त्यसको स्टाइल र पर्फर्मेन्स प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ ।
यस अवसरमा यामाहाले कुनै पनि ब्रान्डको बाइक साटाफेर गर्न, ५० हजारसम्मको न्युनतम भ्यालुएशन गर्न, एक्सचेन्जमा विभिन्न प्रकारका अफर र नगद छुट, फाइनान्सको व्यवस्था लगायतका सुविधाह प्रदान गरिने यामाहाले जनाएको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















