१०औँ राष्ट्रिय खेलकुद अनिश्चित, निर्धारित मितिमा नहुने
काठमाडौं, चैत ३० । कर्णाली प्रदेशमा आगामी जेठ ३ गतेदेखि हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद अनिश्चित बनेको छ ।
सरकारले ३ जेठदेखि १० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने प्रतियोगिताको मिति तेस्रोपटक घोषणा गरेको थियो ।
प्रतियोगिताको तयारीबारे निर्णय गर्न बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्धारित मितिमा दशौँ राष्ट्रिय खेलकुद नहुने घोषणा गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य नन्दा बस्यालले जेठमा प्रतियोगिता गर्न आवश्यक तयारी पूरा भइनसकेकाले तत्कालका लागि प्रतियोगिता स्थगित भएको जानकारी दिइन् ।
प्रकाशित मिति: २९ चैत्र २०८१, शनिबार
















