टी–२० सिरिज : नेपाल उपाधिका लागि आज कुवेतसँग भिड्दै



काठमाडौँ, चैत ३१ । हङकङमा जारी चार देशीय टी–२० सिरिजको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ ।

खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो । कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो । आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन् ।

शनिबारको खेलमा नेपाललले टस जितेर फिल्डिङ रोजेको थियो । ९ ओभर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो । तर, वर्षा नरोकिएपछि खेल रद्द भएको थियो । यद्यपि हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल प्रतियोगिताको फाइलनमा पुगेको हो । नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो ।

नेपालले यसअघि कतार र कुबेतलाई पराजित गरेको थियो। प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन् ।

प्रकाशित मिति: ३० चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्