सधैं चुनाव मात्रै होइन, विकासमा पनि ध्यान दिउँ : प्रधानमन्त्री ओली



चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताएका छन् ।

चितवनको पूर्वपश्चिम राजमार्गको पुल्चोक-गोन्द्राङ ६ लेन सडकको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपाल सरकारको आफ्नै लगानीमा निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको बताए ।

प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गरे । ‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्‍या पनि छैन। त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन। म आग्रह गर्न चाहन्छु, सबैलाई सधैं राजनीतिमात्रै, सधैं चुनावमात्रै होइन। विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्नेछ। मतभेदमा होइन एकतामा जोड दिउँ,’ उनले भने ।

प्रकाशित मिति: ५ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्