रास्वपाको प्रश्न – सरकार सञ्चालनको १० महिना पुग्दा पनि जिबी राईलाई किन पक्राउ गरिएन ?
काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले जिबीलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ? भन्दै प्रश्न गरेका हुन् ।
उनले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको बताए ।
सहकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार
















