आईपीओ जारी गर्न धितोपत्र बोर्डका अध्यक्षले कमिसन मागे, कारबाही होस् : सांसद कार्की
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले धितोपत्र बोर्डका अध्यक्षमाथि कारबाहीको माग गरेकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उलने आईपीओ जारी गर्न बोर्डका अध्यक्षले कमिसन मागेको भन्दै कारबाहीको माग गरेकी हुन् ।
उनले आईपीओ निस्काशन गर्नका लागि धितोपत्र बोर्डका प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको भन्ने कुरा बजारमा आएको बताइन् ।
‘धितोपत्र बोर्डका अध्यक्षले खुलमखुल्ला जसरी कमिसन मागेका छन्, मलाई त लाग्छ–प्रधानमन्त्रीज्यूको अध्यक्षमा बनेको सुशासन आयोगले एउटा राम्रो काम पाएको छ,’ उनले भनिन्, ‘तत्कालै सुशासन आयोगले त्यो काम अगाडि बढाओस्। र, कमिसनखोर धितोपत्र बोर्डको अध्यक्षमाथि कारबाही होस्।’
धितोपत्र बोर्डका अध्यक्षमाथि प्रधानमन्त्री नेतृत्वको सुशासन आयोगले कारबाही गर्नुपर्ने उनको माग छ ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार
















