शंकर पोखरेलको प्रश्न – प्रचण्ड जी तपाईं के बोल्दै हुनुहुन्छ ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै सरकार डरले रुझेको बिरालो भएको छ भन्दै अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई लिएर महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएको देखेर प्रचण्डमा पीडा र छटपटी बढेको बताएका हुन् ।

पोखरेलले विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको, बैङ्कको तरलता वृद्धि भएको, ब्याजदर घटेको छ र लगानी वृद्धि हुन थालेको बताएका छन्। त्यस्तै निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको उनले बताए ।

पोखरा-मुग्लिन सडक, गैडाकोट(बुटवल सडक आदि बनेको भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको दाबी गर्दै यसले दाहाललाई छटपटी बढेको महासचिव पोखरेलले बताए ।

‘भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’ भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्