एमालेसँगको सत्ता गठबन्धनमा कुनै शंका छैन : नारायण खड्का



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले सरकारले अपन्तव लिन सक्ने गरी र प्रतिफल दिने गरी नीति तथा कार्यक्रमको लागू हुनुपर्ने बताएका छन् ।

उनले कस्तो नीति आयो भन्ने भन्दा महत्वपूर्ण कार्यान्वयनमा रहँदै आएको बताए ।आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेसँगको सत्ता गठबन्धन कायमै रहने उनको भनाई छ ।

उनले भने, ‘१३/१४ महिनापछि सम्माननीय प्रधानमन्त्री ओलीजीले छोड्नुहुन्छ र त्यसपछि हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी आउनुहुन्छ । यसमा कुनै शंका छैन । गठबन्धन रहन्छ, रहनुपर्छ भन्ने मान्यता मेरो पनि हो ।’

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्