सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु जस्तै नीति तथा कार्यक्रमको ‘कोर्स’ करेक्सन हो – प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै नयाँ कार्यक्रम ल्याइएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु जस्तै अघिल्लो सरकारको नीति–कार्यक्रम परिवर्तन गरिएको बताए ।
उनले भने, ‘एउटा सरकारको ठाउँमा अर्को सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको ‘कोर्स करेक्सन’ वा परिवर्तन पनि हो । फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी माननीयहरुद्वारा सोधिने ‘पहिलेको खै त ? भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन अनुरोध गर्दछु ।’

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्