राजावादीलाई प्रधानमन्त्री ओलीले भने – जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले जेठ १५ गते कुनै पनि प्रतिगामी सपना पूरा नहुने जवाफ दिए ।
उनले भने, ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । त्यसमा जोड नगर्न आग्रह गर्दछु ।’
संविधानअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले सुझाव समेत दिए । राजावादीहरूले आगामी जेठ १५ गते आन्दोलनको घोषणा गरेको छ ।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार
















