समा श्रीको दोस्रो कृति ‘अल्पविराम’ लोकार्पण



काठमाडौं, फागुन २८

कवि समाश्रीको दोस्रो कविता संग्रह ‘अल्पविराम’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । गीतकार चेतन कार्की, साहित्यकार सरुभक्त र कवि निभा शाहले संयुक्त रुपमा ‘अल्पविराम’को लोकार्पण गर्नुभयो ।

लोकार्पण समारोहमा कवि समाश्रीले ‘अल्पविराम’मा रहेका ५० मध्ये सात कविता वाचन गर्नुभएको थियो । लोकार्पण समारोहमा कृतिबारे कार्यक्रमका प्रमुख अतिथि चेतन कार्की, साहित्यकार विपुल सिंजापति, पत्रकार फूलमान वल, कवि निभा शाहलगायतले चर्चा गर्नुभएको थियो ।

समा श्रीको दुई वर्षअघि ‘वंशलोचन’नामक कविता संग्रह बजारमा आएको थियो । कवि श्री इजरायलमा रहेर साहित्य सिर्जनामा साधनारत हुनुहुन्छ । हालको ‘अल्पविराम’लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News