सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ?
काठमाडौँ । जेठ २ गतेदेखि नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ ।
सो कार्यक्रममा संवादमा करिब १७५ जना विदेशी पाहुना र करिब त्यतिकै संख्यामा नेपाली सहभागीसहित करिब ३५० जना सहभागीहरूले भाग लिने मन्त्रालयले जनाएको छ ।
जसमा १२ वटा देशबाट उच्च तह प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छन् जसमा संसद्का उपाध्यक्षदेखि मन्त्रीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।
सार्क, बिमस्टेक, वर्ल्ड बैंक, एडिबी, लस एण्ड ड्यामेज फण्ड, आईपीसीसी, यूएनएफसीसीसी, युएन ईएससीएपी, आईआरइएन, एल्पाइन कन्भेन्सन र विकास सहयता संस्था, विश्वविद्यालय, थिंकट्यांक, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायत विदेशी प्रतिनिधि तथा दर्जनौँ स्वदेशी संगठन संस्थाहरु यसमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीनबाट नेशनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी आउने भएका छन् भने भारतबाट त्यहाँका वन मन्त्री भूपेन्द्र यादव पनि आउने भएका छन् ।
अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ, बंगलादेशका सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद, भुटानका उर्जामन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वतावरण मन्त्री थोरिक इब्राहिम, जपानका उपविदेशमन्त्री इकुइना अकिको, संयुक्त अरब इमरेट्सका उर्जा तथा दिगोपानाका लागि सहायक विदेश मन्त्री अब्दुला बलाला, संयुक्त राज्यबाट त्यहाँ संसदीय मामिलाका सहसचिव ब्यारोनेस सुसान हेम्यानलागयतका प्रतिनिधिहरू आउने भएका छन् ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार
















