रास्वपाका सांसदलाई दिइयो बजेटबारे प्रशिक्षण
काठमाडौं । रास्वपाका सांसदलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गराइएको छ ।
रास्वपाले पूर्वअर्थसचिव रामेश्वर खनालबाट आफ्ना सांसदलाई बजेटका विषयमा जानकारी गराएको हो ।
बजेटका प्राविधिक र लुकेका पाटोका बारेमा जानकारी लिएको बताइएको छ ।
अब बजेटका सिद्धान्त र प्राथमिकता, बजेटलगायत विषयमा रास्वपा सांसदहरूले सदनमा प्रभावकारी रूपमा भाग लिने दाबी गरिएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार
















