अबको १४ महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ कांग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले ‘लौ प्रधानमन्त्री’ भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए ।
उनले भने, ‘अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो । मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु ।’
प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार
















