मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुने सम्भावना
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ ।
मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ ।
कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार
















