एमाले-कांग्रेसबीच गम्भीर असमझदारी नहुँदासम्म सरकार ढल्दैन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कसैले चाहँदैमा सरकार नढल्ने बताएका छन् । प्रेस चौतारी दाङ शाखले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् ।
सत्तासाझेदार दलबीच गम्भीर असमझदारी नहुँदासम्म यो सरकार नढल्ने उनको भनाई छ ।
एमाले–कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी आमनिर्वाचनसम्म कायम रहने बताउँदै उनले भने, ‘सत्तासाझेदार दलबीच गम्भीर असमझदारी नहुँदासम्म यो सरकार ढल्दैन । कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच अहिले कुनै असमझदारी छैन । त्यसैले यो गठबन्धन २०८४ को चुनावसम्म नै जान्छ ।’
प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता सदनको अंकगणितको कारण उत्पन्न भएको उनको भनाइ छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार
















