भैरहवा विमानस्थल अध्ययन उपसमितिमा माओवादीलाई किन सहभागी गराइएन ?



काठमाडौं । भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो पार्टीलाई सहभागी नबनाएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

लेखा समितिले भैरहवा विमानस्थल नेपाली कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति बनाएको थियो । जसमा आफ्नो दललाई सहभागीता नगराइएको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाएका छन् ।

बुधबार समितिको बैठकमा बोल्ने क्रममा सांसद दाहालले, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीयज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ । यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु ।’

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको अनियमिता सम्ब्न्धी छानबिनका लागि बनेको उपसमितिमा भएका सदस्यमाथि नै प्रश्न उठाएका छन् ।

सांसद भट्टराईले अहिले उपसमितिमा भएका सदस्य नै त्यतिबेला निर्णय प्रक्रियामा रहेको भन्दै स्वार्थको द्वन्द्व हुन्छ कि ? भन्दै प्रश्न गरे ।

उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निर्णय प्रक्रियामा पनि रहेको र उपसमितिको सदस्य पनि रहेकाले स्वार्थको द्वन्द्व हुनसक्ने बताएका थिए ।

उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, कांग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्