कमल थापाले ३ वर्ष अघि भनेका थिए – पार्टीहरू असफल भएर राजा आउँदैनन्, अब आउने दिन सकिए



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा हाल राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको माग गर्दै आन्दालनमा होमिएका छन् ।

आइतबार मात्रै पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका थापालाई प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि नक्सालको नाराणचौरबाट नियन्त्रणमा लिएको थियो ।

उनी जुलुस लिएर बालुवाटार जाँदै थिए । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

तर थापाले तीन वर्ष अगाडि नेपालमा अब राजा फर्कने सम्भावना सकिएको दाबी गरेका थिए । उनले पार्टीहरू असफल हुँदैमा राजा नआउने बताएका थिए । एउटा पार्टी असफल भए अर्को आउने उल्लेख गर्दै थापाले भनेका थिए, ‘पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ ।’

त्यस्तै राजतन्त्र फर्कने विभिन्न कारण रहे पनि अहिले ती सबै बाटाहरू बन्द भएको उनले बताएका छन् ।

‘राजा फर्कने अरु नै कारण थिए।राजाले नै त्यो बाटो बन्द गरिदिए ।अब असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन।असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन,’ उनले तीन वर्ष अघि सामाजिक सञ्जालमा लेखेका थिए ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्