एमाले संसदीय दलको बैठक १ बजेदेखि
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।
हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १:०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेपछि एमालेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने कार्यसूची रहेको छ ।
बजेट विनयोजनका विषयमा कतिपय सांसदहरुमा भएका अष्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्धेश्यले आजको बैठक डाकिएको हो ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार
















