बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई व्यंग्यात्मक शैलीमा धन्यवाद दिएका छन् ।
आइतबार राजावादी आन्दोलनमा पक्राउ परेर साँझ छुटेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद दिएका हुन् ।
‘तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति’थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ ।’
दमन र निषेधले बिचार मर्दैन भन्दै भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको जनाएका छन् ।
प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार
















