कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारप्रति चीन खुशी छ : भण्डारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपालका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा बनेको सरकारप्रति चीन खुशी भएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । नेपालका प्रमुख दलबीचको सहकार्यले राजनीतिक स्थायित्वप्रति खुसी व्यक्त गरेको उनले बताए ।

गत जेठ १० गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वमा बेइजिङ गएको भ्रमण टोली आज स्वदेश फर्किएको छ । टोलीलाई चीन सरकारले उच्च स्तरको सम्मान दिएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्