माओवादीले भन्यो – मुद्दाको पूर्णपाठ आएपछि मात्रै अग्नि सापकोटाबारे आधिकारिक धारणा बनाउँछौ
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दामा सर्वोच्च अदालतले जारी गरेको आदेशको पूर्णपाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ।
बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले यसबारे पार्टीको आधिकारिक धारणा पूर्णपाठ आएपछि मात्रै बन्ने बताएका छन् ।
जब पूर्णपाठ आउँछ त्यसको अध्ययन गरेर पार्टीको आधिकारिक धारणा बन्छ। यस विषयमा बाहिर भएका प्रचारमा कुनै सत्यता नरहेको उनले बताए।
सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले यसअघि तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरिदिएको हो।
प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहिबार
















