माधवकुमारविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दामा टिप्पणी गर्नु उचित छैन : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचारको मुद्दामा आश्चर्यजनक नभएको भन्दै टिप्पणी गर्नु उचित नभएको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अख्तियारले छानबिन गरेर मुद्दा अभियोजन गरेको विषयमा आश्चर्य मान्नु पर्ने विषय केही नभएको बताएका हुन् ।

अधिकार दुरुपयोग गरिएका कुनै पनि घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु अनौठो नभएको उनको प्रतिक्रिया थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा बिहिवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्