भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विपक्षी दलले विश्वास गर्नुपर्छ : निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन प्रमुख प्रतीपक्ष दल नेकपा माओवादीलाई आग्रह गरेका छन् ।

शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संसद् अवरोध नगर्न आग्रह गर्दै उनले भिजिट भिसा प्रकरणमा अख्तियारले गरेको अनुसन्धानलाई विश्वास गर्न विपक्षी दलहरुलाई अनुरोध समेत गरे ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरोध गर्दै आईरहेका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्