उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै यामाहाको नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न
काठमाडौँ, २६ जेठ । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ सम्पन्न गरेको छ।
२५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष विक्रताहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए।
यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन गरी छ वटा मुख्य विधामा आधारित थियो।
एक दिनको प्रतिस्पर्धात्मक कार्य समुन्द्र पंगेनी प्रथम हुँदै रु। ३० हजार तिजे । त्यूतै प्रमिला श्रेष्ठ फर्स्ट रनरअप हुदै रु। २० हजार जितिन । त्यसैगरी विकास रञ्जितकारले सेकेन्ड रनरअप, हुन्दै रु। १० जिते । सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेशागत प्रतिबद्धता र यामाहाको ूकस्टमर फर्स्टू फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरियो।
पुरस्कारहरू एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सी,ई।ओ। दीपक कुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले वितरण गरे। सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, “हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हुन्। यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्स प्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो । एक उच्च(प्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ। एमएडब्लु राइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहक अनुभवमा रूपान्तरण गर्ने आधारहरू हुन्।”
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार
















