उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै



काठमाडौं । उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मुलुकमा सुशासन कायमका लागि भइरहेका काम र सुधारका उपायलगायत विषयमा छलफल हुने प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोश्नी मेचेले जानकारी दिएका छन् ।

गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत सदस्य रहेका छन् ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्