ज्ञानेन्द्र शाहीले भने – सिटौलादेखि लेखकसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याइयोस्



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्वगृहमन्त्री कृष्ण प्रसाद सिटौलादेखि बहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभएको स्पष्ट पारे ।

सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनु पर्ने उनले बताए ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्